मंसिर ०७, २०८१, शुक्रबार
               

ट्रकको ठक्करबाट महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । 

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही–९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । 

महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि