जेठ ०५, २०८१, शनिबार
               

ललितपुर आगलागीबारे अध्ययन समिति गठन

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो । 

महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । 

उनले भने, “आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु । यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्ने छ ।”

केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी सुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको बताए । उनले भने, “चाडपर्व  परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइपनि रहेको छ ।” 

सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पुर्‍याउनु अघि महानगरपालिकाका फोहोर निरन्तर उठिरहेको अवालेले बताए । 

उक्त समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम  महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनीयर पुष्कर भट्टराई रहेका बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि