मंसिर ०२, २०८१, आइतबार
               

रक्सी पिएका बाबुल गरे छोराको हत्या

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको तिलोत्तमामा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । घटना शनिबार साँझको हो ।

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले १९ वर्षीय छोरा पदमबहादुरलाई चक्कु प्रहार गरेका हुन् ।

रक्सी पिएका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले बाबुलाई सम्झायने क्रममा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरका अनुसार, बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

शेरबहादुरलाई शनिबार राति नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि