बैशाख ०७, २०८१, शुक्रबार
               

अपराधी पत्ता लगाउने ‘जोजो’को मूल्य साढे ६ लाख

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन् । आठ प्रजातिका कुकुर रहेको उक्त महाशाखामा ‘जोजो’ नामको कुकुर बेलारुसबाट दुई  वर्षअघि ६ लाख ५० हजारमा खरिद गरी ल्याइएको हो । त्यही कुकुरको सहायतामा गङ्गबुमा गत वर्ष साउनमा भएको हत्याकाण्डको घटनामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी सफल भएको थियो ।

महाशाखामा रहेका केही कुकुर आफ्नै उत्पादन तथा केही विदेशबाट किनेर ल्याइएका हुन् । विसं २०२६ मा स्थापित सो महाशाखामा कुकुरलाई तालीम दिन तथा हेरचाहका लागि १६५ जनशक्तिको व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणका कारण महाशाखाले यसपालि विगतको जस्तो औपचारिकरुपमा कुकुर तिहार नगरी सामान्य पूजा विधि गरेको थियो ।

सुरक्षाकर्मीले कुकुरको सहायतामा विशिष्ट व्यक्तिको सुरक्षा, हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध बरामद, अपराध अनुसन्धान, प्राकृतिक प्रकोप तथा विपद्का घटनापछिको खोजी एवं उद्धार, वन्यजन्तु चोरी सिकार नियन्त्रण र कार्यक्षेत्रको सुरक्षामा  असरदार नतिजा हात पर्दै आएको छ । अर्काे सुरक्षा फौज सशस्त्र प्रहरी बल, नेपालसँग पनि तालीमप्राप्त चार प्रजातिका ३० कुकुर छन् । ती कुकुर खासगरी सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्न तथा अपराधका घटना पत्ता लगाउन एवं खोज उद्धारमा प्रयोग हुँदै आएको जनाइएको छ ।

विसं २०६२ मा स्थापना भएको उक्त सङ्गठनको पशु स्वास्थ्य तथा डग हेण्डलर सेन्टरलाई भारत र अमेरिकाबाट पनि केही उपहारस्वरुप कुकुर प्राप्त भएको सशस्त्र प्रहरी बलका नायब निरीक्षक रमेश पोखरेलले जानकारी दिए । सुरक्षा फौजले कुकुरलाई आधारभूत तालीम प्रदान गरेपछि उसको क्षमता पहिचान गरी त्यसका  आधारमा विषयगत तालिम दिँदै आएको छ ।

यसैबीच यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । द्वारपालका रुपमा रहने, घरघर परिवारलाई भरपर्दाे सुरक्षा प्रदान गर्ने तथा आदेशपालक सन्तोषी घरपालुवा जनावर कुकुरलाई माला लगाई मीठो परिकार दिएर पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ । 
 

यो पनि