असोज ०६, २०८१, आइतबार
               

श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने पक्राउ, घाइतेलाई काठमाडाैं ल्याउने तयारी

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

 । धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका र शनिबार बिहान श्रीमतीको कोठामा पुगेर सञ्जीवले दुवै जनालाई एसिड प्रहार गरेका र घटना भएको केही समयमै उनलाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए ।

अहिले पीडितहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी भइरहेको पनि उनले बताए । आरती साहको अनुहारसहित पेट र छातीलगायत शरीरको विभिन्न भागमा एसिड लागेको र छोरीको टाउको तथा बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताए ।  


कस्तो लाग्यो ?

यो पनि