जेठ ०६, २०८१, आइतबार
               

२६ वर्षीया आरतीमाथि एसिड प्रहार

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

धनुषा । जनकपुरमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि एसिड आक्रमण भएको हो ।

शनिबार बिहान साढे ९ बजे एक युवकले आरतीलाई एसिड प्रहार गरेका हुन् । 

उनको मुहार  र छातीको भाग एसिड प्रहारका कारण जलेको छ ।

आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । 

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन् । 

धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि