असोज ०६, २०८१, आइतबार
               

भाउ बढे पनि तिहारका अत्यावश्यक वस्तु नकिनी सुखै छैन
तिहारको किनमेलका लागि बजारमा बढ्यो चहलपहल

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

शुक्रवार तिहारको पहिलो दिन, काग तिहार । विधिवत् रुपमा तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै तिहारका लागि किनमेल गर्न बजारमा मानिसहरूको भिडभाड बढेको छ । काठमाडौंका असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि सप्तरङ्गी टीका, भाइमसला, फूल र झिलिमिली बत्तीलगायत विभिन्न वस्तुहरू खरिद गर्न आउनेको भीड बढेको छ ।

कोरोना सङ्क्रमणका बाबजुद पनि मानिसहरू तिहारका सामान किन्न बजार धाइरहेका छन् । खास गरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालीमाटी लगायतका स्थानहरू उपभोक्ताको भीडभाडका कारण मेलास्थल जस्तै देखिन्छन् ।

कोरोना सक्रमणको बाबजुत बजारमा किनमेल गर्ने भीडले तिहारको रौनकलाई दर्साएको छ । राजधानीको पुरानो बजार असनमा तिहारको लागि भाइमसला तथा फूलका माला किन्नेहरूको भीड लागेको छ ।

यहाँ भाइमसलासहित सबै किसिमका उपभोग्य वस्तुको थोक तथा खुद्रा व्यापार हुने गर्छ ।  तिहारमा भाइमसला किन्नेहरू भने विशेष भीड छ । यस्तै झिलिमिली बत्ती किन्ने पसलमा पनि उपभोक्ताहरू अत्यधिक सङ्ख्यामा देखिन्छन् ।

भोटाहिटीका कपडा पसहलरूमा पनि सामान्य अवस्थाको भन्दा बढी भीड देखिन्छ । किराना पसलहरूमा पनि उपभोक्ता त्यतिकै पुगेका छन् । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनसक्नु देखिन्छ । 

बजारमा मूल्यवृद्धि अस्वाभाविक रुपमा बढेको छ । सर्वसाधारणहरू भन्छन् ‘ भाउ बढे पनि अत्यावश्यक वस्तु नकिनी सुखै छैन ।’


कस्तो लाग्यो ?

यो पनि