असोज ०६, २०८१, आइतबार
               

एकीकृत भन्सार जाँच चौकी शिलान्यास

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणको शिलान्यास भएको छ । 

शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले संयक्त रुपमा जाँच चौकीको शिलान्यास गरेका हुन ।

बिहीबार अनलाइनमार्फत जाँच चौकीको शिलान्यास गरिएको हो । 

शिलान्यास समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह पनि सहभागी थिए ।

भन्सार तथा अध्यागमन सुविधालाई अझै व्यवस्थित बनाउन एकिकृत भन्सार जाँच चौकीको अवधारणा ल्याईएको हो । भारत–नेपाल सीमाको दुवैतर्फ भारत सरकारले एकीकृत जाँच चौकीको निर्माण गरिरहेको छ ।

जाँच चौकीको निर्माण कार्य राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ । 

एक अर्ब ४७ करोड १२ लाख भारतीय रुपैयाँको लागतमा दुई वर्षभित्र जाँच चौकी निर्माण हुने बताइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका-१ र १६ मा ६१ दशमलव पाँच हेक्टर जग्गामा यसको संरचना निर्माण गरिने छ । 

रुपैडिहामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै संरचना भारततर्फ पनि निर्माण गरिरहेको दुतावासले जनाएको छ । भारततर्फ १० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।

यसअघि वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकी संचालनमा आईसकेको छ ।

यो पनि