असोज ०६, २०८१, आइतबार
               

मुद्रण व्यवसायीद्वारा प्रदर्शन

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । मुद्रण व्यवसायीहरूले पुस्तक आयातमा लगाएको कर हटाउने निर्णयको विरोध गरेका छन् । शुक्रबार निर्णयको विरोध गर्दै नेपाल मुद्रण उद्योग महासंघले राजधानीमा प्रदर्शन गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको थियो । नेपाली प्रकाशकहरूले विदेशमा पुस्तक प्रकाशन गरेर ल्याउँदा लाग्ने अतिरिक्त भन्सार शुल्क भने यथावत राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भन्सार शुल्क हटाउँदा स्वदेशी मुद्रण उद्योग प्रवर्द्धनमा असर पर्ने मुद्रण उद्योग महासंघका महासचिव युवराज श्रेष्ठ बताउँछन् । स्वदेशी मुद्रण उद्योगका लागि आवश्यक कागज लगायतका कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट सहित २८ प्रतिशत कर बुझाउँदा विदेशी प्रकाशनसँग प्रकाशन गर्न नसकिने उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, ‘अतिरिक्त भन्सार शुल्क हटाउने निर्णयले हामीलाई विस्थापित त गर्छन् नै, पुस्तक आयातकर्ताहरू करको दायरामा पनि आउँदैनन् ।’


कस्तो लाग्यो ?

यो पनि