बैशाख १९, २०८१, बुधबार
               

खसीको भन्दै बाख्रीको मासु बेच्नेलाई ५० हजार जरिवाना

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

नेपालगञ्ज  ।  खसीको भनेर बाख्रीको मासु बेच्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले शुक्रबार बिहान बागेश्वरी हल रोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवाना गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले थ्री स्टार फ्रेस हाउसले खसीको भनेर बाख्रीको मासु बेचेको, पसल दर्ता नगरेको र मूल्य सूची टाँसेको नपाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले थ्री स्टार फ्रेस हाउसमा खान अयोग्य सडेको मासुसमेत पाइएको बताए । उनका अनुसार, पसलबाट खान अयोग्य केही मासु र चार वटा बाख्रीसमेत नियन्त्रणमा लिइएको छ ।

टोलीले फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री वितरण भएको पाइएकाले दर्ता नहुँदासम्म व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीलगायतको सहभागिता रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि