जेठ ०१, २०८१, मंगलबार
               

जिल्लाका प्रहरी र सरकारी वकीललाई निर्देशन

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख तथा प्रहरी प्रमुखलाई आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । 

महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट अनलाइनमार्फत आज निर्देशन दिएका हुन् । महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसूरमा पनि स्थानीयस्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउने जस्ता कार्य रोक्न र गैरकानूनी कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन्  ।

उनले त्यस्ता क्रियाकलाप भएमा कानूनी प्रक्रियामा ल्याई कानून कार्यान्वयनको प्रभावकारिताको सन्देश दिन  र विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी साझा प्रयासमा जुट्न निर्देशन दिए । हालसम्म गरिएका भौतिक सुधार र मानव संशाधनको विकासले प्रहरी तथा सरकारी वकीलको व्यावसायिकता सम्पादनमा प्रष्ट देखिनुपर्नेमा उनले जोड दिए । महान्यायाधिवक्ताको कार्यालयले घोषणा गरेको अभियोजन सुधार वर्षले सार्थकता प्राप्त गर्नेछ भन्नेमा उहाँले विश्वास व्यक्त गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको हालको तथ्याङ्कीय अवस्थासहित वस्तुस्थितिको विश्लेषण गर्दै प्रहरी र सरकारी वकीलले आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ता, प्रहरी अतिरिक्त महानिरीक्षक, सहन्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतको सहभागिता थियो । 


कस्तो लाग्यो ?

यो पनि