जेठ ०५, २०८१, शनिबार
               

पटकाबाट लागेकाे आगलागीमा ६  घर जलेर नष्ट

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहिस्थित मुखिया टोलमा भएको आगलागीमा  ६  घर जलेर नष्ट भएका छन् । स्थानीय बतहीदेवि मुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर आज दिउँसो जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ  । 

सो आगलागीबाट घरमा रहेको सरसामान विभिन्न, खाद्यन्न, लत्ताकपडा, गरगहना लगायत जलेर  नष्ट भएको  छ  । आगलागीमा करिब १४ लाख रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ । केटाकेटीले पड्काएको पटाकाले लागलागी भएको प्रहरीको भनाइ छ   । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि