असोज ०६, २०८१, आइतबार
               

भारतको आग्रामा दुर्घटना, तीन नेपालीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

फाइल फोटो
ADVERTISEMENT

भारतको आग्रामा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।

मंगलबार राति दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्सप्रेस वेमा ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको बताइएको छ ।

दुई जनाको घटना स्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

सात जना सवार उक्त कारमा रहेका अन्य चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको दिल्लीमा र दुई जनाको स्थानीय कृष्ण अस्पतालमा उपचार भइरहेको नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ । मृतकमध्ये अहिलेसम्म एक जनाको मात्रै सनाखत भएको छ । 


कस्तो लाग्यो ?

यो पनि