असोज ०६, २०८१, आइतबार
               

कूटनीतिक पहलमार्फत देश र जनताको हितमा काम गर्छु–युवराज खतिवडा

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगाेलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै कूटनीतिक पहलमार्फत देश र जनताको हितमा लाग्ने बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइ समितिमा उनले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, ‘नेपाली श्रमिकहरूको पक्षमा पनि काम गर्छु । नेपाली विद्यार्थीका लागि अमेरिकामा कोटा बढाउन पनि मेरो भूमिका हुन्छ ।’

नेपाल र अमेरिकाबीचको सबै सन्धि–सम्झौतालाई समझदारीपूर्वक अघि बढाउन पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ । ‘राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर काम गर्छु,’  उनले समितिमा भने ।


कस्तो लाग्यो ?

यो पनि