असोज ०६, २०८१, आइतबार
               

७ बुँदे सम्झौतामा सहमति भएपछि टुंगियो केयुको अनशन

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं  । काठमाडौं विश्वविद्यालय(केयु) का विद्यार्थीको अनशन टुंगिएको छ । अनलाइन शुल्कलगायत विभिन्न माग राखेर  अनसनमा बस्दै आएका विद्यार्थी र केयूका विद्यार्थी कल्याण निर्देशनालयबीच बुधबार मध्यराति ७ बुँदे सम्झौतामा सहमति भएपछि अनशन टुंगिएको हो । 

सहमतिपत्रअनुसार कार्यदल गठन गरी तत्काल बैठक बसी अतिरिक्त शुल्कसम्बन्धी  मापदण्ड तयार गरी विद्यार्थीमाझ प्रस्तुत गर्नुपर्ने छ । त्यस्तै, विद्यार्थीहरुले अनालाइन कक्षा हुँदासम्मको समय अवधिमा प्रयोगमा नआएका सुविधाको शुल्क मिनाहा गर्ने पनि सहमति भएको छ । 

विद्यार्थीले सेवा नलिएका शीर्षकको पनि केयुले शुल्क लिएको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले गत आइतबारदेखि विश्वविद्यालय परिसरमा नै रिले अनशन थालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि