असोज ०६, २०८१, आइतबार
               

मौरीघाट दुर्घटना : कारवाहीको माग राख्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

दाङ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । देउखुरीको मौरीघाटमा मंगलबार राति ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएपछि कानूनी कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गरिएको हो ।

बिहान १० बजेदेखि भएको सडक अवरुद्ध अहिले पनि जारी छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम गुड्ने सवारी साधन विचबाटोमा अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने विषयमा छलफलको प्रयास गरिए पनि सम्बन्धित ट्रक समितिका पदाधिकारी आइनपुगेको बताइएको छ ।

पीडितलाई क्षतिपूर्ति दिलाउन आवश्यक कतैबाट पहल हुन सकेको छैन । घटनास्थलमा स्थानीय वडाध्यक्ष बाहेक गाउँपालिका अध्यक्षको समेत उपस्थिति रहेको छैन ।

बाटो खुलाउने र पीडितलाई न्याय दिलाउने विषयमा ठोस पहल नहुँदा बाटो बन्द भएको दुई घण्टा बित्न लाग्दा समेत अहिलेसम्म सडक सुचारू हुन सकेको छैन । राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षीय दिनेश घर्तीको मृत्यु भएको हो ।

मंगलबार लमही भालुवाङ सडक खण्ड अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राति पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । ट्रक समेत पल्टिएको छ । मृतक तिनै जनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि