असोज ०६, २०८१, आइतबार
               

कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयहरुलाई निर्देशन

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

आन्तरिक मूल्याङ्कनको प्राप्तांक अंक मंसिर ८ गतेभित्र पठाउन कार्यालयले निर्देशन दिएको हो । 

कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको हो । 

परीक्षा सञ्चालन तथा प्रमाणीकरण समितिले तयार पारेको मूल्यांकन हार्डकपी र सो को सफ्टकपीसहित बुझाउन निर्देशन दिइएको छ । 

बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरणसम्बन्धी कार्यविधि २०७७’ जारी गरिसकेको छ । 

सो कार्यविधिअनुसार बोर्डले आन्तरिक मुल्यांकनको अंक पठाउन भनेको हो । 

यो पनि