मंसिर ०७, २०८१, शुक्रबार
               

अर्घाखाँचीमा देउसीभैलो खेल्न निषेध

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तिहारको समयमा देउसीभैलो खेल्न निषेध गरेको छ ।  

नजिकै आएको तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमालगायत चाडबाड शान्तिपूर्ण तरिकाले घरमै मनाउन आग्रह गरिएको छ ।  

कार्यालयका अनुसार भीडभाडले कोरोना महामारीको अवस्था झन् बिग्रिन सक्ने भन्दै जिल्लावासीलाई संयमित रही पर्व मनाउन अनुरोध गरेको हो । 

तिहार र छठ पर्वमा पटाका, विस्फोटक पदार्थ तथा प्रज्जवलनशील पदार्थको प्रयोगलाई निषेध गरिएको छ । दीपावलीमा दीप, लाइटर, सलाइजस्ता आगोजन्य वस्तु बालबालिकाबाट टाढा राख्नसमेत स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

जिल्लामा मादक पदार्थको अवैध कारोबार, जुवातासमाथि पनि प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा जारी आदेशपत्रमा उल्लेख गरिएको छ ।

बालबालिकालाई सवारी चलाउन नदिनुका साथै ट्राफिक नियमको पालना गरी गाडी चलाउन जिल्लाका सुरक्षा निकायहरुलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बिष्णु  पौडेलले बताए ।

कोही कसैले अटेर गरी नियमको पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही हुने जारी आदेशपत्रमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि