असोज ०६, २०८१, आइतबार
               

नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगे प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन् ।

बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत प्रधामन्त्री ओली किमाथांकामा पुगेका हुन् ।

प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदद्वय राजेन्द्र गौतम र परशुराम मेघी गुरुङ लगायतको टोली रहेको छ ।

प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका-१ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बिओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्यस्तै प्रधानमनत्री ओलीले प्रधानमन्त्री ओलीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको समेत अनुगमन गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि