जेठ ०३, २०८१, बिहीबार
               

कालिगण्डकीमा डुबेर स्याङजाका एक युवक बेपत्ता

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कालिगण्डकी नदीमा डुबेर स्याङजाका एक युवक बेपत्ता भएका छन् ।

नदीमा बगेको दाउरा निकाल्न भन्दै गएका युवक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा स्याङजा जिल्ला गल्याङ नगरपालिका–९ निवासी ३६ वर्षीय सुवास बोटे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार पाल्पाको रामपुर नगरपालिका–१० सिकोडाँडास्थित कालिगण्डकी नदीमा युवक मंगलबार बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि