असोज ०६, २०८१, आइतबार
               

चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

मुग्लिन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ ।

मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गरे ।

 कार्यक्रममा इच्छाकामना–६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत ६ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै हेल्पकोड नेपालका विभिन्न सहयोगले विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन प्रेरित गरेको बताए । 

प्रधानाध्यापक पाण्डेले अब विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा पनि सहयोग अपेक्षा गरे । उनले विद्यार्थीका लागि खाजा पकाउने भान्छा नहुँदा बाहिरै पकाएर खुवाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै हेल्पकोड नेपाललाई धन्यवाद दिए । 

कार्यक्रममा हेल्पकोड नेपालमार्फत विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर, साबुनलगायत सरसफाइका सामग्री वितरण गरिएको थियो । कक्षा ५ सम्म पढाइने हुने यस विद्यालयमा १३४ चेपाङ बालबालिका अध्ययनरत छन् ।

विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीहरु नियमित आउने गरेको प्रधानाध्यापक पाण्डेले बताए । उनले गत आर्थिक वर्षदेखि शिक्षा मन्त्रालयबाट  खाजा कार्यक्रम कटौती हुँदासमेत विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा उक्त कार्यक्रमलाई विद्यालयले निरन्तरता दिएको  बताए ।  


कस्तो लाग्यो ?

यो पनि