काठमाडौं । काठमाडौै आसपासमा आज अपरान्ह भूकम्पकाे धक्का महशुस भएकाे छ । उपत्यकाका विभिन्न स्थानमा साढे ४ बजे धक्का महशुस गरिएको खबर प्राप्त भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको हाे । ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।