असोज ०६, २०८१, आइतबार
               

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

धादिङ । श्री आदर्श स्कुल्स स्टुडेन्ट्स एल्मुनाइ (ASSA) को पहलमा आदर्श मावि गजुरीलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।कार्तिक २२ गते (शनिबार) विद्यालयको कम्प्युटर ल्याबका लागि कम्प्युटर हस्तान्तरण गरिएको हो ।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत तथा आदर्श माविका अध्यक्ष गंगासागर नेपालको उपस्थितिमा श्री आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाइका अध्यक्ष किरण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक राम अर्याललाई आठ सेट डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

प्रधानाध्यापक अर्यालले कम्प्युटर सहयोग गर्ने सबैमा बिशेष धन्यवाद दिँदै पठन-पाठनमा थप सहज हुने बताए ।

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले आफू पनि आदर्श माविको पूर्व विद्यार्थी रहेको र हाल यो कार्यक्रममा उपस्थित हुँन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा बोल्दै ASSA का अध्यक्ष किरण श्रेष्ठले अहिलेको बिषम परिस्थितिमा विद्यार्थीहरुलाई प्रविधियुक्त दूर शिक्षा आवश्यक रहेकोले संस्थाले पूर्वबिध्यार्थीहरुको पहलमा कम्प्युटर हस्तान्तरण गरी बिद्यालयलाई सहयोगको सुरुवात गरिएको बताए ।

प्रधानाध्यापक राम अर्यालले पूर्वविद्यार्थीहरु एकजुट भई आफ्नो विद्यालयलाई माया गरी सहयोग गर्नु सरहानीय कार्य रहेको बताए ।

आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाइ, २०२५ सालमा स्थापना भएको धादिङ जिल्लाकै पहिलो माविमा अध्ययन गर्ने पूर्व विद्यार्थीहरुको संस्था हो ।

आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाइले यसअघि गुरुहरुलाई सम्मान, उत्कृष्ट विद्यार्थीलाई सम्मान, रक्तदान कार्यक्रम, स्कुललाई बिभिन्न सहयोगका साथै अन्य सामाजिक कार्यहरु समेत गरिसकेको छ ।

आगामी दिनमा पनि विद्यार्थी, स्कुल तथा गजुरी आसपासको क्षेत्रको हितमा कार्य गर्ने योजना रहेको संस्थाका कोषाध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि