असोज ०६, २०८१, आइतबार
               

रक्सौल विधानसभाबाट बिजेपीका सिन्हा विजयी, भाई अशोक सुन काण्डपछि फरार

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

भारतको विहार राज्यमा भएको निर्वाचनमा रक्सौलका प्रमोद सिन्हा विजयी भएका छन् । 

सीमावर्ती सहर रक्सौलबाट उम्मेदवारी दिएका बिजेपी नेता सिन्हाले कांग्रेसका सुरेश यादवलाई पराजित गरेका हुन् ।

विधानसभा चुनावमा सिन्हाले ४४ हजार ४३ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्द्वी यादवले १८ हजार २०३ मत मात्रै प्राप्त गरे ।

विजयी सिन्हाका भाई अशोक सिन्हाको गत कार्तिक १ गते वीरगन्जको रेश्मकोटीस्थित श्री गणेश एपार्टमेन्टबाट अवैध रुपमा २३ केजी २३७ ग्रामको सुन र झन्डै दुई किलो २६२ ग्राम चाँदी बरामद भएको थियो ।

अशोक अझै फरार छन् । 

प्रमोदको चुनाव खर्च जुटाउन उनका भाइ अशोकले सुन तस्करी गर्न खोजेको शंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

झन्डै १९ करोड मूल्य बराबरको सुन राजस्व कार्यालयमा बुझाइसकिएको छ । 

यो पनि