बैशाख २३, २०८१, आइतबार
               

सुशासन अभियानद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो ।

माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार कायम गर्न माग गरिएका प्लेकार्ड पनि बोकेका थिए । उनीहरुले किसानका समस्या समाधान गर्न पनि माग गरेका छन् ।

उनीहरुले कोरोना संक्रमितको उपचार र परीक्षणमा विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनमा अभियानका संयोजक रमेश खरेल पनि सहभागी थिए ।

खरेलले जनताले अहिले सरकार खोजिरहको बताए । सरकार नभएको महसुस जनतालाई भएकोले आफूहरु सरकारको आँखा खोल्न सडकमा ओर्लेको बताए ।

 


कस्तो लाग्यो ?

यो पनि