असोज ०६, २०८१, आइतबार
               

काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना व्यक्त

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीको योगदानको स्मरण गर्दै केसीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । 

महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुगेका थिए । 

सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । 

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गरे । 


कस्तो लाग्यो ?

यो पनि