असोज ०६, २०८१, आइतबार
               

थानकोटमा बसको ठक्करबाट एकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । थानकोटमा आज (मंगलबार) बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका ५ थानकोटमा सवारी साधनको ठक्करबाट बाजुरा घर भएका एक पुरुषको मृत्यु भएको हो ।

बिहान साढे चार बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा तरकारी बेच्न हिँडेका ४० वर्षीय नविन लोहारको मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओम समाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बसको खोजी सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि