असोज ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।”


कस्तो लाग्यो ?

यो पनि