असोज ०६, २०८१, आइतबार
               

भारतीय विदेश सचिव नेपाल आउँदै

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका लागि मंसिर ११ गते नेपाल आउने भएका छन् ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले मंसिर १५ गते अघि नै उनको भ्रमण हुने जनाएको छ । 

द हिन्दुस्तान टाइम्सले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणपछि विदेश सचिव शृंगलालाई नेपाल पठाउने निर्णय गरेको जनाएको छ।

नरवणेले गत कात्तिक १९ देखि २१ गतेसम्म नेपाल भ्रमण गरेका थिए । नेपालमा उनलाई नेपाली सेनामा मनार्थ महारथी प्रदान गरिएको थियो ।

त्यसअघि रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

नेपाल भ्रमणमा रहँदा शृंगलाले नेपाली समकक्षी भरतराज पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बैठक गर्ने छन् ।


कस्तो लाग्यो ?

यो पनि