असोज ०६, २०८१, आइतबार
               

दुर्लभ वन्यजन्तु हाब्रेको छालासहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

ललितपुर । महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको दुर्लभ वन्यजन्तु रेड पाण्डा(हाब्रे)को छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरू भोजपुर ट्याम्केमैयु गाउँपालिका-२ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका-३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि