असोज ०६, २०८१, आइतबार
               

नेपालको जनसंख्या तीन करोड हुने तथ्यांक विभागको प्रारम्भिक अनुमान

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनसंख्या तथ्यांक विभागले आगामी २०७८ को जनगणनापश्चात् नेपालको जनसंख्या तीन करोड हुने प्रारम्भिक अनुमान गरेको छ । त्यसैगरी, विभागले परिवारको संख्या ७० लाख हुने अनुमान गरेको छ।

सोमबार भएको एक कार्यक्रममा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यस्तो बताएका हुन् । नेपालको १२औँ जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदै छ। यस जनगणनामा ४३ हजार गणक र नौ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन हुँदै छ । 

त्यसैगरी,  यो जनगणनामा पहिलोपटक घर स्वामित्वसम्बन्धी विस्तृत तथ्यांक संकलन गर्न लागिएको छ । जसमा घरको स्वामित्व, प्रयोग, संचरनाबारे तथ्यांक संकलन गरिनेछ। २०७८ को जनगणनामा खानेपानी, चर्पी, खाना पकाउने इन्धन, बत्ती, टेलिभिजन, फोन, सवारीसाधनको पनि लगत राखिने भएको छ । 

जनगणनाअन्तर्गत कृषिबाहेक तलबी कामदार नराखेका तथा सरकारी निकायमा दर्ता नभएका साना घरेलु व्यवसायहरुको पनि तथ्यांक संकलन गरिनेछ।

यस जनगणनाले विदेशमा रहेका परिवारमा अनुपस्थित व्यक्तिको विवरण, आर्थिक काम, पेशा र वस्तु वा सेवाको उत्पादनअनुसारको विवरण संकलन गरिनेछ।

त्यस्तै व्यक्तिको काम गर्दाको हैसियत, संस्थागत क्षेत्र, काम नगर्नुका कारण र कामको खोजी बारेमा पनि तथ्यांक संकलन गरिनेछ। यस जनगणनाबाट सामुदायिक प्रश्नावलीका रुपमा वडास्तरको तथ्यांक संकलन पनि गरिँदै छ।

वडाराजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषिजन्य उत्पादन र निकासीको अवस्था, वडाहरुको आफ्नो आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा सुविधामा पहुँच सम्बन्धी विवतरणहरु र विपद्सम्बन्धी विवरण पनि संकलन गरिँदै छ।

२०७८को जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय भएको छ । 


कस्तो लाग्यो ?

यो पनि