असोज ०६, २०८१, आइतबार
               

लाङटाङका पुरानै होटलहरु आलोपालोमा सञ्चालन, सिन्डिकेट लागू गरेको स्थानीयको आरोप

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

 रसुवा । लाङटाङका होटलहरु आलोपालोमा सञ्चालन हुन थालेका छन् । यहाँका होटलले आलोपालो होटल सञ्चालन गर्ने गरी ४/४ दिनमा एउटाको पालो आउने गरी दैनिक एउटा मात्र होटल सञ्चालन गरिरहेका छन् ।

लाङटाङ मध्यवर्ती क्षेत्रको ‘गोसाइँकुण्ड’मा जम्मा चार वटा होटलहरु सञ्चालित छन् । होटल पिसफूल, होटल लेकसाइड, होटल टिबेट माउण्टेन भ्यू र होटल गोसाइँकुण्ड नमस्ते रहेका छन् । यी नै चार होटलहरुले धार्मिक एवम् पर्यटकीय क्षेत्र गोसाइकुण्डमा आउने पर्यटकहरुको खानपान र बसोबासको जिम्मा लिएका छन् । 

अहिले ४ होटलले आलोपालो होटल सञ्चालन गर्ने गरी ४/४ दिनमा एउटाको पालो आउने गरी दैनिक एउटा मात्र होटल सञ्चालन गरिरहेका छन् । गत सातादेखि यसै गरी यो क्षेत्रमा होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् ।

यी चार होटल बाहेक सो क्षेत्रमा अन्य होटलहरु नभएको र बाध्य भएर यात्रु बस्नुपरेको स्थानिय बासिन्दा बताउँछन् । यिनै ४ होटलले सिन्डिकेट लागू गरी होटल सञ्चालन गरी महँगो बिल थमाउने गरेको गोसाइँकुण्ड जाने यात्रीहरुको गुनासो छ । 

गोसाइँकुण्डमा मात्र नभएर लाङटाङ मध्यवर्ती क्षेत्रभित्रै पर्ने गोसाइँकुण्ड मार्गको चोलाङपाटी र लौरीविनायकका होटलहरुले समेत सोही आलोपालोको सिस्टम चलाएको उनीहरुको गुनासो छ । 


कस्तो लाग्यो ?

यो पनि