बैशाख २२, २०८१, शनिबार
               

सिसडोलमा फोहोर फाल्न रोक्ने चेतावनीसहित बञ्चरेडाँडाका स्थानीयको आन्दोलन घोषणा

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीसँग विगतमा भएको सम्झौता अनुसार पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् ।

सो क्षेत्रमा क्रियाशील ३ वटा क्लबहरुको सक्रियतामा आन्दोलन घोषणा गरिएको हो । जसमा ककनी प्रगतिशील युवा क्लब, करुण युवा क्लब, रोयल युवा क्लव छन् । उनीहरुले आइतबार आन्दोलन घोषणा गर्दै बञ्चरेडाँडाको साइट निर्माण रोक्नेदेखि सिसडोलको फोहोर लैजान नदिनेसम्मको चेतावनी दिएका छन् । 

ककनी प्रगतिशील युवा क्लबका अध्यक्ष दीपेश ढुंगानाले आफूहरुले अहिले दवावमूलक कार्यक्रम गर्नेगरी आन्दोलन घोषणा गरेको बताउँदै मंसिर ४ गतेसम्म माग पूरा हुने ग्यारेन्टी नभएमा ल्यान्डफिल्ड साइटको निर्माण रोक्ने र त्यसपछि पनि माग पूरा नगरे सिसडोलमा फोहोर लैजान नदिने बताए । 

उनले सम्झौता गरेर आँखामा छारो मात्रै हाल्न खोज्ने तर कार्यान्वयन नगर्ने  स्थानीयको आँखामा छारो हाल्ने सरकारी पक्षको नियत देखिएको भन्दै आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । सम्झौता किन कार्यान्वयन हुन नसकेको हो, त्यसको जवाफ दिनुपर्यो । समस्यालाई बेवास्ता गरे फोहोर फाल्न रोक्नसमेत बाध्य हुन्छौं ।’

विगत १६ वर्षदेखि काठमाडौंको फोहोर सिसडोलमा फालिँदै आएको छ । सिसडोल भरिन लागेपछि धादिङ र नुवाकोटको सीमामा पर्ने यो क्षेत्रमा फोहोर व्यवस्थापनको योजना अघि बढाउँदै ल्यान्डफिल्ड साइट निर्माण सुरु गरिएको हो । उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले समेत सम्झौता कार्यान्वयनमा ध्यान नदिएको गुनासो समेत गरे । 

मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने र ल्याण्डफिल साइटका प्रभावित जनताले स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारको सरकार, काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकाहरुले सुनिश्चितता नगर्दासम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।


कस्तो लाग्यो ?

यो पनि