असोज ०६, २०८१, आइतबार
               

सल्यानमा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

सल्यान । सल्यानमा आज (शनिबार) बेलुका भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 


कस्तो लाग्यो ?

यो पनि