बैशाख १७, २०८१, सोमबार
               

मुख्यमन्त्री शाही घोडाबाट लडेपछि हेलीमार्फत उद्धार

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

शुक्रबार हुम्ला पुगे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते हुनुभएको छ ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले सुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 


कस्तो लाग्यो ?

यो पनि