असोज ०६, २०८१, आइतबार
               

बारले न्याय परिषदमा सिफारिस हुने सदस्यको नाम मतदानबाट टुंग्यायो

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषदमा सिफारिस हुने  सदस्यको नाम मतदानबाटै टुंगो लगेको छ । बार कमिटीले बहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो । ओली समूहले महेश नेपालको नाम अघि सारेको थियो भने प्रचण्ड-नेपाल समूहले श्रेष्ठलाई  । तर, शनिबार भएको मतदानमा ओली पक्षका उम्मेदवार पराजित भएका छन् ।

यसअघि प्रचण्ड- नेपाल पक्षको श्रेष्ठलाई पठाउनुपर्नेमा जोड थियो । तर, ओली पक्ष त्यसमा सहमत नभएपछि मतदानमै जानुपरेको हो । 

श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत मात्र पाएका छन् । र, तीन मतकमो फरकले रामप्रसाद श्रेष्ठ छानिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि