जेठ ०३, २०८१, बिहीबार
               

समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था  माग

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

नेपाल बाल सङ्गठनले बालबालिकालाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो । 

सङ्गठनले मानसिक तथा शारीरिक आपाङ्गता भएका बालबालिकाका लागि उचित व्यवस्था गर्न सरकार तथा स्थानीय सरकारसँग आग्रहसमेत गरेको छ । सङ्गठनले बालगृहको अवस्था पुनरावलोकन गरी अत्यावश्यक सुधारका साथै बालमैत्री अवधारणाको विकास र आमा, बाबु तथा अभिभावक भएका बालबालिकालाई उनीहरुकै घरमा पुनर्मिलन गराउने तथा व्यवस्था गर्न पहल गर्ने भएको छ । 

सम्मेलनमा अध्यक्ष विद्या उपाध्यायले सङ्गठनले उमेर नाघेका तथा वयस्क भएका गृहमा संरक्षितको अन्यत्र उचित व्यवस्थापनका लागि पहल गर्ने बताए । सङ्गठनले केन्द्रिय स्तरमा अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न बालग्राम निर्माण गर्ने योजना अघि सारेको छ । 


कस्तो लाग्यो ?

यो पनि