बैशाख ०८, २०८१, शनिबार
               

प्रहरीले माग्यो ३६० कार्यालय सहयोगी, ७७ वटै जिल्लामा दरखास्त पाइने

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले ३६० जना कार्यालय सहयोगीकाे लागि विज्ञापन आव्हान गरेकाे छ । रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न खेलाडीसहित कार्यालय सहयोगी माग गरेकाे हाे ।

नयाँ भर्नामध्ये मालीतर्फ ९ जना, भान्छेतर्फ २६१ जना, हजामतर्फ १० जना, सिलाई/बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरूले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरूमा दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । 

यो पनि