असोज ०६, २०८१, आइतबार
               

कक्षा १२ को परीक्षा अनलाइनबाट गर्न सकिन्न : परीक्षा बोर्ड

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएकाे छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिए पनि यसबारे कुनै तयारी नगरेको बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन् ।

परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै उनले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जानकारी दिए ।

उनले भने,‘अनलाइनबाट परीक्षा गराउने कुनै तयारी छैन । भौतिक उपस्थितिमै परीक्षा हुन्छ । शिक्षा मन्त्रीले प्रश्नपत्र अनलाइनबाट पठाउने गर्नु भन्नु भएको होला। मिडियाले परीक्षा बनाइदिए ।’ 

अनलाइन माध्यमबाट परीक्षा गराउने निर्देशनबारे बोर्डमा कुनै आधिकारिक जानकारी नभएको पनि उनले बताए । कक्षा–१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदैछ । 


कस्तो लाग्यो ?

यो पनि