असोज ०६, २०८१, आइतबार
               

नरवणेद्वारा नेपालका हिमालहरुको दृष्यावलोकन, प्रधानमन्त्री ओलीसँग भेटेर आजै स्वदेश फर्किने

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालका हिमालहरुको दृष्यावलोकन गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल अवलोकन गरी उनी केहीबरअघि मात्रै सोल्टी होटेल फर्केका छन् ।

उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका थिए ।

हिमालहरुको अवलोकनपछि काठमाडौं फर्केका नरवडेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किने कार्यतालिका छ ।

 


कस्तो लाग्यो ?

यो पनि