जेठ ०५, २०८१, शनिबार
               

म्याग्दीको गाउँपालिकामा भाइटिकासम्म लकडाउन

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

म्याग्दी । मंगला गाउँपालिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गाउँपालिकामा मंसिर १ सम्म लकडाउन गरिएको छ ।  गाउँपालिकाले बिहीबार रातिदेखि मंसिर १ सम्म बैंक तथा वित्तीय संस्था, बजार, शैक्षिक संस्था र गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द गरेको जनाएको छ ।

छिमेकी स्थानीय तहहरुले लकडाउन गर्दा बैंक तथा वित्तीय संस्थामा बाहिरबाट समेत सेवाग्राही आउन थालेको र कोरोनाको जोखिम बढेपछि बन्द गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। लकडाउन अवधिमा बिहान ७ देखि १० बजेसम्म मात्रै अत्यावश्यक पसल खुल्ने जनाइएको छ । 

गाउँपालिकाले तीनजनाभन्दा बढी मानिस भेला हुने, पिङ, ताराखेल लगायतका जमघट हुने कार्यलाई समेत रोक लगाएको छ । घरबाहिर निस्कनुपर्ने अवस्था आएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन गाउँपालिकाले आह्वान गरेको छ ।

यसअघि म्याग्दीको बेनी नगरपालिका र मालिका गाउँपालिकाले लकडउान गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि