असोज ०६, २०८१, आइतबार
               

टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । 

विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको  टिपर दुर्घटनामा परेको हो ।

भिरबाट टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए । 


कस्तो लाग्यो ?

यो पनि