जेठ ०५, २०८१, शनिबार
               

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

नेपाल-भारतका सेनाप्रमुखले एक अर्का देशबाट  सो मानार्थ महारथीको उपाधि लिने परम्पराअन्तर्गत बिहीबार भारतीय सेना प्रमुख नरवणेलाई राष्ट्रपतिद्वारा उपाधि प्रदान गरिएको हो । 

भारतीय सेनाध्यक्ष नरवणे बुधबारदेखि तीनदिने नेपाल भ्रमणमा छन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

सो उपाधिका लागि उनी बुधबारदेखि तीनदिने नेपाल भ्रमणमा छन् ।

नेपाल-भारतका सेना प्रमुखको एक/अर्का देशमा भ्रमण र सो उपाधि लिनु परम्परा भए पनि नेपाल भारतबीच सीमा विवादका कारण नरवणेको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । 

यो पनि