असोज ०६, २०८१, आइतबार
               

त्रिविका विद्यार्थीले पायक ठाउँबाट परीक्षा दिन पाउने

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने भएका छन्‌ । यही मंसिर दोस्रो साताबाट परीक्षा सञ्चालन हुँदैछ । 

लकडाउनमा रोकिएको परीक्षा आफू पायक ठाउँबाट दिन सकिने व्यवस्था गरिएको त्रिविका रजिष्टार पेशल दाहालले बताएका छन् ‌। ‘कोरोना त्रासले कतिपय विद्यार्थी गाउँ गएका छन्‌,’ रजिष्टार दाहालले भने, ‘उनीहरू परीक्षा दिन काठमाडौं नै आउन पर्दैन । आफू नजिक रहेका विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरेका छौँ ।’

उनका अनुसार परीक्षा केन्द्रको सूची त्रिविको वेवसाइटमा राखिएको छ । वेभसाइट खोलेर विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्र छान्नुपर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि