असोज ०६, २०८१, आइतबार
               

साढे १३ लाख रुपैयाँ बराबरको पटाका बरामद

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

झापा । चाडपर्वलाई लक्षित गरि छिमेकी मुलुक भारतका विभिन्न बजारहरूबाट विभिन्न समयमा ल्याइएका पटाका प्रहरीले बरामद गरेर नष्ट गर्ने काम जारी राखेको छ। गत असोज २३ गते यता कात्तिक १९ गतेसम्म १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बरामद गरेको छ ।

ग असोज २३ गते भद्रपुर नगरपालिका वार्ड नं ३ बाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको थियो ।
त्यसैगरि, असोज २४ गते गौरादह ९ बाट २५ हजार मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सीमावर्ती गौरीगञ्ज ३ बाट कात्तिक ३ गते ५५ हजार मूल्य बराबरको पटाका बरामद गरिएको थियो।

कात्तिक ८ गते भद्रपुर ४ बाट ५५ हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । यसैगरी, गत कात्तिक १३ गते कचनकवल गाउँपालिका ४ बाट १ लाख मूल्य बराबरको पटाका बरामद गरिएको र त्यस्को भोलिपल्ट मेचीनगर १५ बाट १० हजार मूल्य बराबरको पटाका बरामद गरिएको थापाले बताए।

कात्तिक १५ गते कचनकवल ४ बाट ५ हजार मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गत कात्तिक १८ गते मेचीनगर १० बाट ३ लाख ५० हजार मूल्य बराबरको पटाका प्रहरीले समातेको थियो। त्यसैगरि कात्तिक १९ गते बुधबार अर्जुनधारा ५ बाट १ लाख र मेचीनगर ५ बाट २ लाख मूल्य बराबरको पटाका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको तथा लुकाई राखेको अवस्थामा प्रहरीले बुधबार तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।बुधबार दिउँसो झापाको भद्रपुर ५ मा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो ।

पटाकाले विभिन्न दुर्घटना निम्त्याउने भएकाले जिल्ला प्रहरी कार्यालय झापाले कुनै पनि हालतमा जिल्लामा पटाका भित्रिन निदने उद्धेश्यका साथ कारबाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि