जेठ ०६, २०८१, आइतबार
               

भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खोज्ने विप्लव समूहका दुई जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको विशेष इन्टेलीजेन्स ब्युरोको टोलीले काठमाडौंको बागबजार पुरानो बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङका २८ बर्षीय खेम प्रधान र बर्दियाका ३८ टिकाराम चौधरी छन् । भारतीय सेनाध्यक्ष बुधबार तीनदिने भ्रमणमा छन् । उनले नेपाल भ्रमणको पहिलो दिनमा वसन्तपुरको भ्रमण र पशुपतिनाथको दर्शन गरेका छन् । 

यो पनि