बैशाख १४, २०८१, शुक्रबार
               

भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाई गार्ड अफ अनर प्रदान

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाई नेपाली सेनाबाट गार्ड अफ अनर प्रदान गरिएको छ । 

नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । यसका अलवा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।

नरवाणेको सम्मानमा प्रधानसेनापति थापाले बिहीबार बेलुका रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आएका नरवणेले पहिलो दिन वसन्तपुर गएर जीवितदेवी कुमारीको दर्शन गरेका छन् ।

यस्तै, उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरेका थिए । उनी शुक्रबार स्वदेश फर्किनेछन् ।

यो पनि