असोज ०६, २०८१, आइतबार
               

आइसियूको बिरामीलाई जबर्जस्ती देवघाट पुर्‍याएर दशदान वैतरणी गराइयो !

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेजको आइसियूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ ।

सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं. ८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार गर्दागर्दै अस्पतालबाट निकालेर देवघाट लगेका हुन् ।

उनलाई देवघाटमा लगेर दशदान वैतरणीसमेत गरिएको खतिवडाको आफन्त ईश्वरी अधिकारीले जानकारी दिइन् । गएको कात्तिक १४ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका खतिवडालाई राति ९ बजेर ५० मिनेटमा चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. २ चौकीटोलमा ना ६ ख ४४५ नम्बरको ट्याक्टरले, प्रदेश ३–००४ प १५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकोमा गम्भिर चोट लाग्नुका साथै दायाँ हात भाँचिएको छ । चिकित्सक डा. अजित श्रेष्ठका अनुसारसोही दिन टाउकोको अप्रेसन गरेर आइसियूमा राखी उपचार भैरहेको थियो ।

अस्पतालले बिरामीको अवस्था गम्भीर रहेको बताउँदाबताउँदै चिकित्सकको अनुमतिविपरीत घाइते खतिवडाका दाजु शम्भु खतिवडाले बिरामीको थप उपचार गर्न नसक्ने र परेको आफैंले व्यहोर्ने भन्दै कात्तिक १९ गते बुधवार दिउँसो करिब २ बजे बिरामी निकालेर देवघाट लगेका थिए ।

अस्पतालबाट दिउँसो बिरामी देवघाट लगेपछि उनीहरुले बिरामी जिउँदै रहेको भन्दै बुधवार राति ८ः४५ बजे पुनः चितवन मेडिकल कलेजमा ल्याएका थिए । बिरामीको अवस्था अति नै जटिल रहेको र अस्पतालमा भेन्टिलेटर तत्काल उपलब्ध नभएको भन्दै त्यहाँबाट फर्काइएका ती बिरामीको हाल पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि