असोज ०६, २०८१, आइतबार
               

स्याङ्जाबाट १११ फरार प्रतिवादी पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

स्याङ्जा ।स्याङ्जामा १११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान, जबरजस्तीकरणी, बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्धबिच्छेद, कुटपिट, लुटपाट मुद्दामा संलग्न भई फरार भएकाहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार पक्राउ पर्नेमा ९७ जना पुरुष र १४ जना महिला छन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको  छ ।

प्रहरीका अनुसार जबरजस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न तीन जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागुऔषध मुद्दाका दुईजनालगायत विभिन्न जघन्य मुद्दामा संलग्न व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा २०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार पनि छन् । 

यो पनि