जेठ ०५, २०८१, शनिबार
               

दमकमा तिहारसम्म लकडाउन

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

(झापा) : कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ । नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धीको समन्वय समितिको बैठकले बुधबारदेखि लागू हुने गरी मंसिर ३ सम्म बेलुका ४ बजेदेखि बिहान ७ बजेसम्म पूर्णरुपमा १५ दिन लकडाउन गर्ने निर्णय गरेको हो । 

नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय लकडाउन गर्ने निर्णय भएको जानकारी दिइन्। तोकिएको समयलाई पूर्ण रुपमा कार्यान्वयन गराइने उनको भनाइ छ । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न पूर्णरुपमा बजार पसल तथा हिँड्डुलमा रोक लगाइएको प्रवक्ता अधिकारीले बताइन् ।

दमक नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि दमक–२ बेलडाँगीमा ३० शय्याको कोभिड अस्पताल निर्माण गरेको छ । त्यसको आवश्यक काम सकिएकाले आगामी आइतबारसम्म सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ । अस्पतालमा अक्सिजनसहितको सेवा दिइने उपप्रमुख अधिकारीले बताइन् ।

दमक नगरपालिकामा हालसम्म ४६१ जना कोरोना संक्रमित भएका छन् । नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार संक्रमितमध्ये २९४ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमितमध्ये १९ जनाको मृत्यु समेत भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि